काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज (सोमबार) लिग चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्दैछ ।
पाकिस्तानको इस्लामाबादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपाल यसअघि चार खेलमा चारै पराजय ब्यहोरेको छ । जसमा काजाकिस्तान, श्रीलंका र बंगलादेशसँग तीन खेल पाँचौं सेटमा पराजित हुँदा पाकिस्तानसँग भने ३–० को सेटमा पराजित भएको थियो । आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ भने उज्वेकिस्तान पनि महत्वपूर्ण नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रिनेछ ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । नेपाल पनि जारी प्रतियोगितामा चार खेलमा तीन अंकसहित पूछारमा छ । नेपालको शीर्ष चारमा पुग्ने सम्भावना भने सकिएको छ ।
