नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न अक्सनमा १२७ खेलाडीलाई प्रस्तुत गरिएको थियो । अक्सनबाट ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी टोलीमा अनुबन्ध गरेका छन् ।
१२७ खेलाडी अक्सनमा सहभागी भएकोमा क्याटगोरी ‘ए’ बाट २४ र क्याटगोरी ‘बी’ बाट १८ खेलाडी ६ टोलीमा अनुबन्ध भएका हुन् । अब प्रत्येक टोलीले ३ विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टमार्फत खेलाडी भित्राउनेछन् ।
खप्तड फाल्कन्स
‘ए’ श्रेणीबाट सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा इन्द्र बीके र बिपश थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ। ‘बी’ श्रेणीबाट नवराज थापा मगर ५० हजार, पारस बोहरा ७० हजार र नवराज धामी ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन् । टोलीका मार्की खेलाडी धिरोज काजी बस्नेत रहेका छन् ।
कर्णाली शिवराज
‘ए’ श्रेणीका निर्पध्वज बस्नेत, विनोदबहादुर चन्द, सुरज चुनारा र सनोज चौधरीलाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गरेको छ । ‘बी’ श्रेणीबाट सन्दीप लुहार, बलराम गुरुङ र सुनिल ठकुल्लालाई जनही ५० हजार रुपैयाँमा भित्र्याएको छ। टोलीका मार्की खेलाडी पहल गहतराज रहेका छन् ।
काठमाडौं रेड्स
‘ए’ श्रेणीबाट सन्तोष बीके, सन्तोष राई र चिरञ्जीवी खड्कालाई जनही १ लाख २० हजार रुपैयाँमा अनुबन्ध गर्दा बलदेव सिंह धामीलाई १ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको छ । ‘बी’ श्रेणीबाट दीपेश कुँवर ५० हजार, पुष्कर सिंह धामी ७० हजार र जितबहादुर धुंगाल ७० हजार रुपैयाँमा अनुबन्धित भएका छन् । टोलीका मार्की खेलाडी सुनिल बोहरा रहेका छन् ।
अन्नपूर्ण स्पाइकर्स किङ्स
‘ए’ श्रेणीका राजेन्द्र धामी र सुरेन्द्र खत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रवी केसी र बिवस अधिकारीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । ‘बी’ श्रेणीबाट बिभाष आले, जितबहादुर सार्की र देव राना मगरलाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ । टोलीका मार्की खेलाडी हिमाल सुनारी रहेका छन् ।
सगरमाथा स्म्यासर्स
‘ए’ श्रेणीका सुभाष कुँवरलाई १ लाख २० हजार रुपैयाँ, रुपेन्द्र नेपालीलाई १ लाख ५ हजार रुपैयाँ तथा भीमबहादुर गाहा र दीपकराज जोशीलाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । ‘बी’ श्रेणीबाट रमेश बम, सञ्जोग परियार र रेशम छन्त्याललाई जनही ५० हजार रुपैयाँमा टोलीमा आबद्ध गरेको छ । टोलीका मार्की खेलाडी हरिहजुर थापा रहेका छन् ।
मधेश वारियर्स
‘ए’ श्रेणीबाट सन्तोष महता र धनबहादुर भट्ट क्षेत्रीलाई जनही १ लाख २० हजार रुपैयाँमा तथा रामबिनय यादव र राजन थापालाई जनही १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । ‘बी’ श्रेणीबाट बिप्सन शाही ठकुरी ७० हजार, सञ्जु विक्रम शाह ५० हजार र रबिन रसाइली ५० हजार रुपैयाँमा टोलीमा आबद्ध भएका छन् । टोलीका मार्की खेलाडी रबिन नगरकोटी रहेका छन् ।
