फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँगको खेलपछि इङ्गल्याण्डका मिडफिल्डर जुड बेलिङ्घमले लियोनल मेस्सीसँग भएको भनाभनबारे स्पष्ट पारेका छन् ।

बेलिङ्घमले मेस्सी र आफू बीच ‘फाउल’ को विषयलाई लिएर कुराकानी भएको बताए । उनले स्पष्ट पार्दै भने,”हामी वास्तवमा फाउलको बारेमा छलफल गरिरहेका थियौं । त्यो केही नराम्रो विषय थिएन । पक्कै पनि मानिसहरूले यसलाई ठूलो कुरा बनाउनेछन्, तर त्यस्तो केही पनि थिएन ।”

बेलिङ्घमका अनुसार, मेस्सीले उनीमाथि भएको फाउल बारे गुनासो गरेका थिए र बेलिङ्घमले उनलाई ‘तपाईं बलियो खेलाडी हुनुहुन्छ, यस्ता सामान्य फाउललाई त आफैं सम्हाल्न सक्नुहुन्छ नि’ भन्ने अर्थमा जवाफ फर्काएका थिए ।

हारका बाबजुत बेलिङ्घमले मेस्सीको खेलप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले भने, “पक्कै पनि म पराजित पक्षमा छु, जसले मलाई धेरै चोट पुर्‍याएको छ । तर, मेस्सी जस्ता सर्वकालीन महान खेलाडीविरुद्ध खेल्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *