काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको चौथो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको हो । बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले हराएको हो ।

नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ । जितविहीन बन्ने नेपाल पहिलो देश हो ।

नेपालले पहिलो खेलमा काजकिस्तानसँग, दोस्रो खेलमा श्रीलंकासँग र तेस्रो खेलमा पाकिस्तानसँग हार ब्यहोरेको थियो । नेपालले लिग चरणको अन्तिम खेल उज्वेकिस्तानसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *