छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको तयारी पुरा भएको छ ।
त्रियोग हाई स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा ८ स्पर्धा समावेश छन् । स्विस लिग प्रणालीमा हुने प्रतियोगिताको अन्तर्गत बुधबार ३ कक्षासम्मका छात्र र छात्रा तथा कक्षा ४ र ५ उमेरसमूहका छात्र र छात्राको खेल हुनेछ ।
बिहीबार कक्षा ६ र ७ तथा ८ देखि १० समूहको छनोट खेल हुनेछ ।
शुक्रवार अन्तिम चरणको खेल हुनेछ । हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता यस संस्करण भने विद्यालयको ४० औ स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको हो ।
