कालभैरब स्पोट्स एकेडेमीको आयोजनामा भैँसीपाटी आवासस्थित कम्ब्याट फिटनेसमा सम्पन्न कालभैरब उसु सान्डा प्रो च्याम्पियनसिप–२०८३सम्पन्न भएको छ ।

विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यन्जनकार, सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा ६ वटा साण्डा प्रो इभेन्ट र १२ वर्षमुनिका जुनियर खेलाडीहरूका ५ वटा लाइट साण्डा फाइट सम्पन्न भएका थिए ।

प्रतियोगिताका प्रमुख नतिजाहरू :

मेन इभेन्ट (महिला ५२ केजी) रेस्मा बोलनले शान्ति थिङलाई पराजित गर्दै उपाधि जितिन् ।

मेन इभेन्ट (पुरुष ५२ केजी) सुशान्त चौधरीले आशिष तामाङलाई लगातार दुई राउन्ड जित्दै उपाधि जिते।

अन्य साण्डा प्रो इभेन्टहरू पुरुष ४८ केजीः ओमप्रकाश कोहोली विरुद्ध बिबेक बिके बिचको खेलमा बिबेकलाई नकआउट गर्दै कोहोलीले जित निकाले ।

महिला ४८ केजीः सोनी तामाङ विरुद्ध सृजना बिसीले जित निकालिन् ।

पुरुष ४५ केजीः मिरक लिम्बु विरुद्ध सम्राट थापा बिच कडा प्रतिस्पार्दा बिच सम्राटले मिरकलाई हराए ।

पुरुष ४२ केजीः उत्सव पुरी विरुद्ध विशाल रानालाई हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *