रचनाले प्राप्त गरिन रजत पदक

२०८३, १४ श्रावण बिहीबार २०:२१

नेपाली खेलाडी रचना सिलवालले गामा एसियन च्याम्पियनसिपमा रजत पदक जितेकी छन् ।

मलेसिया मिक्स मार्सल आर्ट्स संघको आयोजनामा भएको प्रतियोगिताको यु–१६ महिला ४६ केजीमुनि रचनाले रजत जितेकी हुन् । मलेसियाको पुत्रजयामा भएको प्रतियोगितामा नेपाली खेलाडीले थप २ कांस्य पनि जिते ।

यु–१६ महिला ४२ केजीमुनि प्रकृति राई तथा यु–१८ पुरुष ६० केजीमुनि एलिस बोम्जनले कांस्य हात पारे । प्रतियोगितामा मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष एवं गामा नेपाल रेफ्री राजीव महर्जनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा गामा नेपालका अध्यक्ष विनोद महर्जन, प्रशिक्षकद्वय उमेश महर्जन र राज महर्जन तथा टिक व्यवस्थापकमा सागर चित्रकार सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *