एसआरसी बास्केटबल भोलिदेखि

२०८३, ९ श्रावण शनिबार २०:४५

पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टु अन्तरकलेज बासकेटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १० छात्र टिमको सहभागिता रहने आयोजक हबका पूर्व अध्यक्ष एवं कन्सुलर खुर्साङ छिरिङ डोङले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

समूह ‘ए’ लालीगुराँस नेसनल एकेडेमी, पुष्पसदन, गोल्डेनगेट ‘ए’, ओमेगा र सीसीआरसी तथा समूह ‘बी’ मा गोल्डेनगेट ‘बी’, केभीसी, टीआईभी, मनास्लु र प्रिमियर रहेका छन् ।

खेल लिग कम नकआउट आधारमा खेलाइने छ । एइसीसीको प्रायोजन तथा केटो, श्री नव प्रभात डेरी र शुभलाभ बहुउद्देश्यीय सहकारीको सहयोगमा हुने प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘म्यान अफ द म्याच’, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट डिफेन्सिभ र ओफेन्सिभ खेलाडी तथा अनुशासित टिमलाई पनि पुरस्कृत गरिने छ । कुल पुरस्कार राशी १ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

साताव्यापी प्रतियोगताका खेलहरु कीर्तिपुरस्थित कभर्डहलमा खेलाइनेछ । प्रतियोगिताको पहिलो दिन ४ खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *