काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिपमा सहभागी खेलाडीहरुलाई विदाई गरे ।
विदाई कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार राजु सिंहको समेत उपस्थिति थियो ।
सर्वियाको स्कुल स्पोर्ट्स फेडरेसनको आयोजनामा जुन १३ देखि २२ तारिख सम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा आकार श्रेष्ठ, अद्वभित्य अग्रवाल, विपिन पोखरेल, खाईङ लिङ, आनन्द पोखरेल, प्रयास थापा, सुशान्त यादव र बर्दान मल्ल रहेका छन् ।
शुक्रबार जाने टोलीको प्रमुखमा राजकुमार कार्की तथा प्रशिक्षक प्रेमसुन्दर होना छन् ।
