काठमाडाैं । यु–१५ को वुमन्स सिङ्गलमा एपिएफकी प्रेन्शा श्रेष्ठ र वुमन्स डबल्समा श्रेया बज्राचार्य र टिशारानी शाक्यको जोडी हेमरिक खुल्ला महिला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेको छ । 

ललितपुरको इमाडोल कृष्ण मन्दिरस्थित हेमरिक ब्याडमिन्टन कभर्डहलमा आयोजित प्रतियोगितामाको यु–१५ तर्फ शनिवार भएको सेमिफाइनलमा एपिएफकी प्रेन्शा श्रेष्ठले आश्रुती कार्कीलाई २१–११ र २१–९ को सोझो सेटले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । नेपाल पुलिसकी अस्मिता खत्री स्वर्णिल श्रेष्ठलाई ३–१ को सेटले जित निकाल्दै फाइनल प्रवेश गरेकी थिइन् । 

अस्मिताले पहिलो सेटमा २१–१५ले जीत निकाले पनि दोस्रो सेटमा १९–२१ को अङ्क स्वर्णिललाई सुम्पिएकी थिइन् । तेस्रो सेटमा पुनरागमन गर्दै २१–१९ ले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरिन् । लगत्तै आइतबार भएको फाइनलमा प्रेन्शाले अस्मितालाई ३–१ को सोझो सेटले हराउँदै उपाधि हात पारिन् ।

पहिलो सेटमा प्रेन्शा १६–२१ ले पराजित भए पनि खेलमा पुनरागमन गर्दै दोस्रो सेट २१–१३ र तेस्रो सेट २१–१५ले आफ्नो पक्षमा पार्दै उपाधि हात पारिन् । आजै भएको वुमन्स डब्बल तर्फको फाइनलमा श्रेया बज्राचार्य र टिशारानी शाक्यको जोडीले सुस्मा श्रेष्ठ र पूजा थाम्सुहाङ्को जोडीलाई सोझो सेटले हराउँदै उपाधि जित्यो । श्रेया र टिशारानीको जोडी उपाधि हात पार्ने क्रममा पहिलो सेट २२–२० तथा दोस्रो सेट २१–१९ को अङ्क बनाएकी थिइन् ।

सिंगल्स तर्फकी उपाधि हात पारेकी प्रेन्शा श्रेष्ठले १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरिन् भने उपविजेता बनेकी आश्रुती कार्कीले ५ हजारमा चित्त बुझाइन् तेस्रो हुने दुई जना खेलाडीले समान् २५ सयको दरले हात पारिन् । यस्तै महिला डबल्सको विजेता द्वय श्रेया र टिशारानीको जोडीले १५ हजार हात पारिन् भने उपविजेता बेनेका सुस्मा र पूजाको जोडी ८ हजार प्राप्त गरिन् तेस्रो हुने दुई जना खेलाडीले ४ हजारमा चित्त बुझाइन् ।

प्रतियोगिताको पुरस्कार वितरण महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले गर्नुभएको थियो । दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा सिंगल्सतर्फ ८ र डबल्सतर्फ १६ गरी २४ जना खेलाडीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *