काठमाडाैं । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जेन गुम्बादेखि स्याफ्रुबेसीसम्मको ३२ किलोमिटर दूरीमा आयोजित ‘लाङटाङ ट्रेल रन–२०२६’ मा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अन्जुली गुरुङले उपाधि जितेका छन् ।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना तथा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पन्न प्रतियोगितामा १०६ खेलाडी सहभागी थिए । सहभागीमध्ये १८ महिला र ८८ पुरुष खेलाडी रहेका थिए ।

पुरुषतर्फ मिलन कुलुङले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे । धिरबहादुर बुढा २ घण्टा १८ मिनेट ४७ सेकेन्डसहित दोस्रो तथा विशाल राई २ घण्टा २० मिनेट ०२ सेकेन्डसहित तेस्रो भए । यस्तै, गोपाल तामाङ चौथो र चन्द्र रावत पाँचौँ स्थानमा रहे ।

महिलातर्फ अन्जुली गुरुङले ४ घण्टा ४५ मिनेट ०३ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन् । सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ३५ सेकेन्डसहित दोस्रो भइन् । अस्ट्रियाकी खेलाडी आना लेना फर्टनरले ५ घण्टा ०९ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । गीता महर्जन चौथो तथा सोनु पौडेल पाँचौँ स्थानमा रहिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *