नेपाल सुटिङ संघको आयोजनामा भएको २६औ महिला तथा २७औ पुरुष राष्ट्रिय सुटिङ प्रतियोगिता ललितपुरस्थित सातदोबाटोमा रहेको सुटिङ रेन्जमा सम्पन्न भएको छ । 

तीन दिन सञ्चालन भएको प्रतियोगिता अन्तर्गत एयर राइफल महिला तर्फ फुलमाया क्याप्चरी २३९ अंक प्राप्त गरी प्रथम, २३५।८ प्राप्त गरी रेनु कोली द्वितिय र २१२।२ अंक प्राप्त गरी तृतिय स्थान भए । 

यसैगरी पुरुषतर्फ २४२।५ अंक प्राप्त गरी विनोद बस्नेत प्रथम, २४१.६ अंक प्राप्त गरी सुनिल चन्द द्वितिय र २१६.४ अंक प्राप्त गरी अर्जन थापा मगर तृतिय स्थान भएका छन । 

एयर पिस्तोल महिलातर्फ हेमा चौधरी २१८.४ अंक प्राप्त गरी प्रथम, २१८.३ अंक प्राप्त गरी सीमा कुमारी तुलाधन द्वितिय र १९७.६ अंक सहित राधा धर्ति तृतिय भए । 

यस्तै एयर पिस्तोल पुरुष तफै विवश खड्का २३२।३ अंक ल्याई प्रथम, २२६.५ अंक प्राप्त गरी सुकदेव चौधरी द्वितिय र २०७.० अंक प्राप्त गरी तृतिय भए । 

एयर पिस्तोल मिक्समा बागमतिका विपेश खड्का र रविना श्रेष्ठको जोडिले ५४८ अंक प्राप्त गरी प्रथम, ५३९ अंक प्राप्त गरी मान बहादुर र मिना स्याङतान द्वितिय र ५३६ अंक प्राप्त गरी विष्णु कुमार दिस्वामा र राधा धर्ति तृतिय भए ।

यस पटक पुरानो राष्ट्रिय रेकर्ड श्याम रानाले राखेको ६०८.१ लाई तोडी ६१३.३ राखी रेकर्ड राख्न सफल भए । साथै एयर पिस्तोलतर्फ पुरानो रेकर्ड २२७ लाई तोडी विपेश खड्काले २३२.३ ल्याई नयाँ रेकर्ड राखेका छन् । 

खेलमा विजेता खेलाडिहरुलाई नेपाल सुटिङ संघ अध्यक्ष पुष दास श्रेष्ठ, शरदचन्द्र शाह मेमोरियलका फाउन्डेसनको महासचिव निहीका शाह र राष्ट्रिय विमा कम्पनी लिमिटेडका निर्देशक रवि कुमार टिबरीवाला र प्रमु महालक्ष्मी विमाका विनोद धिमिरेबा पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *