काठमाडौं । पीएल सिंह मेमोरियल टी-२० कपअन्तर्गत सम्पन्न प्रतियोगिताको १०औं खेलमा वीरगञ्ज महानगरपालिकाले ललितपुर महानगरपालिकालाई ७२ रनले पराजित गरेको छ ।

खेलमा ललितपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गर्‍यो, जसमा अनिल कुमार साहले अविजित ७४ रन र पवन सर्राफले ६८ रनको उत्कृष्ट योगदान दिए ।

जवाफमा ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो, जहाँ ललितपुरका लागि सकृय प्रताप कार्कीले सर्वाधिक २७ रन बनाए भने वीरगञ्जका पवन सर्राफले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर प्लेयर अफ दि म्याच घोषित भए ।

त्यसैगरी आजै भएको ११औं खेलमा काठमाडौंले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेको छ । टस जितेर पहिले बलिङ रोजेको काठमाडौंले भरतपुरलाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रनमा रोकेको थियो, जसमा भरतपुरका लागि प्रतीक श्रेष्ठले ५० रन जोडे भने काठमाडौंका नितेश कुमारले ३ विकेट लिए ।

१५९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १७.२ ओभरमा मात्र ३ विकेट गुमाउँदै १६२ रन बनाएर जित हासिल गर्‍यो, जहाँ काठमाडौंका ओपनर रीत गौतमले ५३ बलमा ९७ रनको विष्फोटक अविजित इनिङ खेल्दै टोलीलाई जिताए र प्लेयर अफ दि म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *