काठमाडौं । नेपाल जिम्न्याष्टिक संघ र नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को संयुक्त आयोजनामा यु–१६ राष्ट्रिय विद्यालयस्तरीय जिम्न्याष्टिक प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभागीय टोलीका विद्यालयसहित विभिन्न ३५ विद्यालयका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।

फ्लोर इभेन्टमा मात्र प्रतिस्पर्धा हुने प्रतियोगितामा पुरुष-महिलामा दुवैमा टिम र व्यक्तिगत गरी ४ स्पर्धामा खेल हुनेछ ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहल र जिम्न्याष्टिक हलमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *