काठमाडौं । जापानमा हुने एसियाली खेलकुदमा स्थान बनाउन नेपालले चीनलाई जितका लागि ५१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको वायोमास ओभलमा चीनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रनको योगफल तयार पारेको हो ।

एसियाली खेलकुद खेल्ने जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोली संर्घषपुर्ण अवस्थामा छ । नेपालले आजको खेलमा चीनलाई हराउन नसके महिला टोली एसियाली खेलकुदबाट बाहिरिने छन् । तेस्रो ओभरको खेल जारी रहँदा पानी परेपछि खेल ७ ओभरमा छोट्टाइएको थियो ।

तेस्रो स्थानका लागि जारी खेलमा नेपाल सुरुवातबाट नै चीनसँग दबाबमा परेको थियो। कविता कुवँर २२ र रुविना क्षेत्री ३ रनमा अविजित रहे । कविताले १० बलमा १ चौका र १ छक्का प्रहार गरिन् ।

कप्तान इन्दु बर्मा ११ रनमा क्याच आउट भईन् । उपकप्तान पुजा महतो दोस्रो ओभरमा नै १ रन बनाउँदा क्याच आउट भइन् । सम्झना खड्का ५ र रुवि पोडार शुन्य रनमा नै आउट भए । सोनी पाख्रिन ५ रनमा रिटायर्ट आउट भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *