काठमाडौं । दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपका उपाधि बागमती प्रदेशले जितेको छ । उपाधि जित्ने क्रममा बागमतीले आइबार भएको फाइनलमा सुदूर पश्चिमलाई १४–८ ल हरायो ।

प्रतियोगितामा सात प्रादेशिक र विश्वविद्यालय समेत गरी ८ टोलीको सहभागिता रहेको आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्ट बल सघका उपाध्यक्ष सुरेन्द्र थपलियाले जानकारी दिए ।

प्रतियोगितामा लुम्बिनीले तेस्रो स्थान पायो । प्रतियोगिताको उपाधि विजेताले ३० , उपविजेताले २० तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए । बागमतीका दीपेश माझी उत्कृष्ट खेलाडी घोषित भए ।

चौथो हुने कोसी प्रदेशले सान्त्वना पुरस्कार स्वरूप १० हजार रुपैयाँ पुरस्कार पायो । सो पुरस्कार सघकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी हुन् । विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष राजीव श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल सघका अध्यक्ष भीम सिंह गुरुङ लगायतले पुरस्कार प्रदान गरे । खेलको दौरान शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवालय प्रमुख निसन महर्जन लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *