विराटनगर । प्रथम मोरङ कलेज कप फुटसल प्रतियोगिताको उपाधि विराटनगर इन्टरनेशनल कलेज (BIC) ले जितेको छ ।
बिहिवार विराटनगरस्थित जेएनएल फुटसलमा सम्पन्न फाइनल खेलमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस (MMAMC) लाई १-० गोल अन्तरले पराजित गर्दै विराटनगर इन्टरनेशनल कलेजले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता विराटनगर इन्टरनेशनल कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
आयोजक JNL फुटसलका तर्फबाट सुभाशिष कोइरालाले प्रतियोगिताको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको बताउनुभयो । उहाँका अनुसार यस्ता प्रतिस्पर्धाले खेलाडीहरूका लागि अगाडि बढ्ने आधार प्रदान गर्नुका साथै युवाहरूलाई खराब आचरण र कुलतबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
बिराटनगर सिटी फुटबल क्लब (BCFC) को सहयोगमा सम्पन्न प्रतियोगितामा NBC, एस्पायर कलेज, PUSOE, MTU, HDC, SASTHM, विराट क्षितिज कलेज, ISMT कलेज र एम्स कलेज लगायत ९ कलेजको सहभागिता रहेको थियो ।
