दीपकराज मुल्मीको अध्यक्षतामा गण्डकी स्पोर्ट्स क्लबको नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरामा शनिबार सम्पन्न दोस्रो अधिवेशन तथा चौथो साधारणसभाले आगामी दुई वर्ष कार्यकालका लागि मुल्मीको नेतृत्वमा सर्वसम्मत् १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मिलन पुन, प्रथम उपाध्यक्ष इनोज रञ्जित, द्वितिय उपाध्यक्ष द्रव्यजंग राणा, सचिव चेतनाथ चालिसे, सह–सचिव बिक्की गुरुङ, कोषाध्यक्ष विकास बिजुक्छे र सह–कोषाध्यक्ष सुजन गुरुङ (रेयस) छन् ।

सोही कार्यसमितिको सदस्यहरुमा राजकुमार गुरुङ, अनिरुद्र उदास, गुमबहादुर थापा (ईमान), दमनजंग राणा, नविन थापामगर, सुबिन गुरुङ, मनोजकुमार गुरुङ, बासु जिसी र राजेश श्रेष्ठ छन् ।

सम्पन्न बन्दसत्रमा सह–सचिव चेतनाथ चालिसेले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष विनोद गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन अनुमोदन गरेको छ ।

उक्त अधिवेशनको एन्फा कास्कीका पूर्व अध्यक्ष एबम पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्यले उद्घाटन गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष सिके, प्रमुख अतिथि शाक्य र सदस्य बिकी गुरुङले शुभकामना मन्तव्य राखे ।

निवर्तमान अध्यक्ष उमेश सिकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सदस्य अनिरुद्र उदासले स्वागत मन्तव्य र सह–सचिव चेतनाथ चालिसेले कार्यक्रम संचालन गरेका थिए । वि.सं. २०५३ मा पोखरामा स्थापना भएको क्लबले स्थानीय क्षेत्रमा फुटबल, भलिबल र क्रिकेट खेलहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *