खुला जुडो हुने

२०८३, २९ बैशाख मंगलवार २१:१५

काठमाडौं । च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोश्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ ।

प्रतियोगितामा पुरुष-महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन् । पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।

महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि खेल हुनेछ । हरेक स्पर्धामा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

प्रतियोगितामा विदेशी खेलाडी सहभागिताका लागि पनि पहल भइरहेको निर्देशक महर्जनले जानकारी  गराए । एकदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *