मोरङ । मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा स्पोर्टिङ क्लब, मोरङ विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सतिसालेले तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड, झापालाई ट्राइब्रेकरमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुबै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । निर्धारित समयको पहिलो हाफको २४औं मिनेटमा सुजन मगरले गोल गर्दै सतिसालेलाई सुरुआती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै बिर्तामोडका प्रशान्त लक्क्षमले बराबरी गोल फर्काए ।

खेलको म्यान अफ दि म्याच सतिसालेका गोलरक्षक बिपुल मगर घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरे ।

सुन्दर खोर्सानी युवा क्लब, सुन्दरहरैँचा, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टिम सहभागी छन् । प्रतियोगिता अन्तर्गत जेठ ५ गते हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा आयोजक सुन्दर खोर्सानी युवा क्लब र राष्ट्रिय जागृती क्लब, इटहरी, सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *