साउदी प्रो लिगअन्तर्गत मंगलबार राति सम्पन्न रोमाञ्चक खेलमा अल नासर र अल हिलालले १–१ गोलको बराबरी खेलेका छन् ।

नासरका लागि ३७औँ मिनेटमा मोहम्मद सिमाकानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलभर अल नासरले अग्रता जोगाइरहेको अवस्थामा इन्ज्युरी समयमा गोलरक्षक बेन्टोबाट आत्मघाती गोल भएपछि अल हिलालले बराबरी गर्न सफल भयो ।

बराबरीसँगै जारी लिगमा ३३ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमा रहेको अल नासरले उपाधि जित्न अझै एक खेल कुर्नुपर्ने भएको छ । अल हिलाल भने ३२ खेलबाट ७८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *