मिक्लाजुङ (मोरङ) । साखरे युवा फुटबल क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा मुकुम्लुङ युवा क्लब, दमक, झापा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार साखरे स्कुलको खेल मैदानमा भएको खेलमा मिक्लाजुङ-२, मोरङलाई ५-२ को गोल अन्तरले पराजित गर्दै मुकुम्लुङ क्वाटरफाइनलमा प्रवेश गरेको छ।

मुकुम्लुङका लागि निर्मल बिस्व र बिवेक लिम्बुले समान २-२ गोल गर्दा जिवन पोख्रेलले एक गोल गरे । यता मिक्लाजुङ-२ को तर्फबाट रुपेश लिङ्देन र चन्द्र शेखरले समान १-१ गोल गरे ।

खेलको म्यान अफ दि म्याच मुकुम्लुङका बिवेक लिम्बु घोषित भए । प्रतियोगितामा भोलि शुक्रबार त्रिवेणी स्पोर्टिङ क्लब, दमक, झापा र ब्रदर्श युनाइटेड फुटबल क्लब, गछिया, मोरङबीच प्रतिस्पर्धा हुनेछ । जेठ ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *