कर्मचारी खेलकुद भोलिदेखि

२०८३, ४ जेष्ठ सोमबार १९:३४

काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन् । फुटसलमा २, ब्याडमिन्टनमा ७, टेबलटेनिसमा ५ र बुद्धिचालमा १ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन भृकुटिमण्डपस्थित नेपाल पुलिस क्लब, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बुद्धिचाल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र फुटसल कुलेश्वरस्थित नोभा रिक्रिएसन सेन्टरमा खेलाइने छ । पदक विजेतालाई नगदसहित ट्रफी प्रदान गरिने छ ।

प्रतियोगितामा २ सय ९९ प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, कृषि विकास बैंक, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायु सेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल प्रज्ञा प्रतिष्ठान, कृषि सामाग्री कम्पनी लिमिटेड, सार्वनजिक सेवा प्रशारण नेपाल (एनटीभी), औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल चार्टड एकाउन्टेन्स संस्था, एभरेष्ट बैंक लिमिटेड, माछापुच्छे बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, ग्लोबल आईएमइ बैंक लिमिटेड र एनसेलको सहभागिता रहने छ ।

जेठ १० गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ६७ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *