ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय, विराटनगर, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार नडियाटोकको खेल मैदानमा भएको तेस्रो क्वार्टरफाइनल खेलमा तालतलैया ब्वाइज फुटबल क्लब, इटहरी, सुनसरीलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रहरीले अन्तिम चारको यात्रा गरेको हो ।

प्रहरीलाई जित दिलाउन पेरिस केसीले दुबै गोल गरे । तालतलैयाका लागि धन्जित धिमाले एक गोल फर्काए ।खेलको म्यान अफ दि म्याच प्रहरीका दुई गोलकर्ता पेरिस केसी घोषीत भए । नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार हुने चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरी र आयोजक दिप ज्योति युवा क्लब, लखन्तरी, मोरङबीच हुनेछ ।

दिप ज्योति युवा क्लब, ग्रामथान-१, लखन्तरी, मोरङको आयोजना तथा ग्रामथान गाउँपालिकाको सहयोगमा जारी प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् । प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *