काठमाडौं । हिमालयन जाभा राष्ट्रिय बास्केटबल लिग (एचजेएनबीएल) मा नेपाल आर्मी २७ अंकसाथ सोमबार शीर्ष स्थानमा रहन सफल भयो ।
डबल राउन्ड लिगमा आर्मीले आफ्नो सबै १४ खेल खेल्दा १३ मा जित र १ मा हार व्यहोर्दै २७ अंक जोडेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आर्मीले केभीसी हाउन्ड्सलाई १०३–९९ ले पराजित गर्यो । आर्मीले चार क्वाटरमा क्रमशः १८–२५, २९–१५, २५–३२ र ३१–२७ ले पराजित गर्यो ।
आर्मीका निश्चल महर्जनले २२ अंक जोडे । हाउन्ड्सले पनि सबै १४ खेल खेलिसकेको छ । ९ खेलमा जित र ५ मा हार भागेको हाउन्ड्स २३ अंकसाथ चौथो स्थानमा छ ।
