फुटबलको सर्वोच्च निकाय फिफाले सात दिनभित्र चुनाव गराउन निर्देशन दिएको छ ।

फिफाले सरकारलाई पत्र लेख्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा लगाएको निलम्बन हटाउँदै सात दिनभित्र चुनाव गराउन भनेको छ ।

आफ्नो स्वीकृतिबिना गर्न लागेको एन्फा निर्वाचनलाई स्थगित गर्न दिएको निर्देशन पालना नगरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

निलम्बन गरेसँगै अर्ली इलेक्सन गर्न झापा पुगेको एन्फाले निर्वाचन स्थगित गरेको थियो । फिफाको पत्र लिएर एन्फा पदाधिकारीहरू राखेप जाँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *