रोनाल्डोको गोलमा अल नासर विजयी

२०८२, २९ चैत्र आईतवार ०९:४९

अल नासरले अल ओखदूदविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको छ ।

खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अल नासरलाई सुरुआती अग्रता दिलाएका थिए । 

४७औं मिनेटमा जोआओ फेलिक्सले गोल थप्दै अल नासरको अग्रता दोब्बर बनाए । त्यसपछि खेलभर दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।

यस जितसँगै अल नासरले साउदी प्रो लिगमा २८ खेलबाट ७३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको अल हिलालभन्दा अल नासर ५ अंकले अघि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *