प्रधानमन्त्री क्रिकेट प्रतियोगिता अन्तर्गतको समूह चरणको खेलमा त्रिभुवन आर्मी क्लब अपराजित रहेको छ ।
बुधबार लुम्बिनी प्रदेशलाई १ विकेटले पराजित गर्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ ।
लुम्बिनीले दिएको १३९ रनको लक्ष्य पछ्याएको आर्मीले २५.२ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
आर्मीको लागि कुशल मल्लले सर्वाधिक ४१ रन बनाए । कुशल ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । ओपनर तृत राज दास १० रन बनाएर आउट हुँदा अर्को ओपनर तथा आर्मीका कप्तान विनोद भण्डारी शून्य रनमा पेभिलियन फर्किए ।
लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ४ विकेट लिए । त्यसअघि जनकपुरमा रहेको रामजानकी बहुउद्देशीय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ३९.२ ओभरमा अलआउट हुँदै १३८ रन बनायो ।
लुम्बिनीका लागि ओपनर रन्जित खड्काले सर्वाधिक २८ रन बनाए । त्यस्तै, लुम्बिनीकै अर्का ओपनर प्रज्वल थापा १५ रनमै समेटिए । लुम्बिनीका कप्तान देव खनाल २३ रनमा आउट भए ।
आर्मीका लागि कुशल्ल मल्लले ४ विकेट लिए । आर्मीले शुक्रबार उपाधिका लागि सुदूरपश्चिम सङ्ग प्रतिस्पर्धा गर्दैछ ।
