विराटनगर । सिराहको सलहेश युवा क्लब प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेक छ ।
बुधबार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाही खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीको धरान फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै जस्ट जोनले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो ।
सलहेशको जितमा फकुन्ले ओबायामीले दुई तथा फोडे फोफोनाले एक गोल गरे । धरानका लागि तपन कार्कीले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच सलहेशका फकुन्ले ओबायामीले घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत बिहिवारको दोस्रो सेमिफाइनल खेल चात्या सा फुटबल क्लब, दमक, झापा र जस्ट जोन एफसी नाईजेरियाबीच हुनेछ ।
चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिइने छ ।
