१६औं संस्करणको अन्तरार्ष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड बिजयी भएको छ । 

बिहिबार राती सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीलाई ३–१ गेल अन्तरले पारजित गर्दै प्लानिङ ब्वाइज अन्तिम चारमा प्रवेश गरेको हो । 

बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइजको जितमा कप्तान फागुराम थारुले २ तथा धिरेन्द्र शाहले १ गोल गरे । खेलको पाँचौ मिनेटमा फागुरामले पेनाल्टी मार्फत गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । 

युकेएफसीका दिवश रोयले धिरेन्द्रलाई डि–एरियामा फउल गरेपछि रेफ्री उमेश बिडारीले प्लानिङ ब्वाइजलाई पेनाल्टी प्रहार गर्ने अवशर दिएका थिए । उक्त अवशरलाई फागुरामले सहजै गोलमा परिणत गरे । 

२३औं मिनेटमा फागुरामले दोस्रो गोल गरे । उनले बिपक्षी गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेका थिए । २७ औ मिनेटमा डिफेण्डरको कमजोरीको फाइदा उठाउदै धिरेन्द्रले गोल परेपछी पहिलो हाफमै टिमले ३–० को अग्रता लिएको थियो । 

खेलको ५९औं मिनेटमा युकेएफसीका निवास राणाले १ गोल फर्काए पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन । फागुराम खेलको प्लेयर अफद म्याच घोषित हुदै नगद १० हजार हात पार्न सफल भए । 

शुक्रबारको पहिलो सेमिफाइनल खेलमा युवा समाज र साबिक बिजेता मछिन्द्र फुटबल क्लबबिच खेल हुनेछ । फाइनल खेल बैशाख ७ गते हुनेछ । फाइनल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *