इंग्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड को हिजो सम्पन्न भएको अक्सनपछि एउटा अनुबन्धले ठूलो विवाद सिर्जना गरेको छ । सनराइजर्स लिड्स ले पाकिस्तानी स्पिनर अबरार अहमदलाई टोलीमा अनुबन्ध गरेपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको हो .

यो अनुबन्ध सार्वजनिक भएपछि सामाजिक सञ्जालमा “Boycott Sunrisers” भन्ने ह्यासट्याग ट्रेन्ड हुन थालेको छ । धेरै प्रयोगकर्ताले भारतीय स्वामित्व रहेको टोलीले पाकिस्तानी खेलाडी अनुबन्ध गर्नु विवादास्पद भएको भन्दै आलोचना गरेका छन् ।

Sunrisers Leeds welcome post for Abrar Ahmed / X

विवाद चर्किंदै जाँदा एक्स (X) मा रहेको सनराइजर्स लिड्स को आधिकारिक अकाउन्ट पनि निलम्बन गरिएको रिपोर्टहरू बाहिर आएका छन् । यद्यपि अकाउन्ट किन निलम्बन गरियो भन्ने विषयमा औपचारिक स्पष्टीकरण सार्वजनिक भएको छैन ।

पाकिस्तानी लेगस्पिनर अबरार अहमद अन्तर्राष्ट्रिय क्रिकेटमा उदीयमान स्पिनरका रूपमा चिनिन्छन् । तर उनको यो अनुबन्धले अक्सनपछि नै द हन्ड्रेड वरिपरि ठूलो चर्चा र विवाद सिर्जना गरेको छ ।

अब यो विषयले प्रतियोगिता सुरु हुनु अघि कस्तो मोड लिन्छ भन्ने कुरा हेर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *