कुशल मल्लाको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको आर्मीले २७.७ ओभरको ७ विकेट गुमाउँदै २१० रन बनाएको हो । आर्मीका लागि कुशल मल्लाले अविजित ९० रनको शानदार इनिङ्स खेले । उनले ५८ बलमा ३ चौका र ८ छक्का प्रहार गर्दै टोलीलाई जिततर्फ पुर्‍याए ।

त्रितराज दासले ५४ रन जोड्दा नरेन साउदले २६ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ बागमतीका इशान पाण्डे र विवेक मगरले समान २–२ विकेट लिए। रिजन ढकाल, सन्दीप लामिछाने र सोनु देवकोटाले समान १–१ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ७ विकेट गुमाएर २०७ रन नबाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *