संकटा फुटबल क्लबले एन्फा राष्ट्रिय लिगमा श्री भगवती क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा बिहीबार सम्पन्न खेलमा संकटाले भगवतीलाई १–० गोलले हराएको हो ।
संकटाको जितमा ६९औँ मिनेटमा कृष्णबहादुर आलेले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन ।
दोस्रो हाफको अन्त्यतिर भगवतीले काउन्टर आक्रमण गर्दै बराबरी गोलको प्रयास गरेको थियो । तर अवसरलाई सदुपयोग गर्न नसक्दा उसले हार बेहोर्न बाध्य भयो ।
यस जितसँगै संकटाले १० खेलबाट १३ अंक जोड्दै अंकतालिकाको आठौँ स्थानमा उक्लिएको छ । पराजित भगवती भने समान खेलबाट ८ अंकसहित १३औँ स्थानमा रहेको छ ।
