काठमाडौं । डब्लुएमएसी नेपाल ब्रान्चका अध्यक्ष तथा मार्सल आर्ट्सका वरिष्ठ प्रशिक्षक स्वयम्भुराज डंगोल अस्ट्रियाको ब्रेगेन्जमा आयोजित विश्व मार्सल आर्ट्स कन्भेन्सनमा सहभागी भई स्वदेश फर्किएका छन् ।

ब्रेगेन्जस्थित डब्लुएमएसी प्रधान कार्यालय र होटल लाममा भएको कन्भेन्सनमा मार्सल आर्ट्सको विकास र प्रवद्र्धन, प्रतियोगिताका नयाँ नियम र प्रणाली, खेलाडी तथा प्रतियोगिता दर्ता सम्बन्धी नयाँ प्रविधि, प्रतियोगिता व्यवस्थापन, र आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका विषयमा प्रशिक्षण र सेसन सञ्चालन गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन अन्तर्राष्ट्रिय रेफ्री तालिम तथा परीक्षा पनि सञ्चालन गरिएको थियो । डंगोलले एमएमए र किकबक्सिङको रेफ्री तालिममा सहभागी हुँदै परीक्षा उत्तीर्ण गरेपछि राष्ट्रिय निर्णायकको लाइसेन्स प्राप्त गरेका छन् ।

साथै, कन्भेन्सनको अवसरमा बसेको राष्ट्रिय अध्यक्षहरुको बैठकमा डंगोलले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने डब्लुएमएसी नेपालको आगामी योजना पनि साझा गरेका छन् ।

नेपालमा मार्सल आर्ट्सको विकास र प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै विश्व मार्सल आर्ट्स कमिटीले डंगोललाई सम्मान समेत गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *