विराटनगर । संकल्प नेपाल, विराटनगरको आयोजनामा सम्पन्न माध्यमिक विधालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर स्कुलले जितेको छ ।
शनिबार विराटनगर-३ स्थित विराट स्पोर्ट्स जोनमा भएको फाइनलमा विराटनगरकै जनता नमुना माध्यमिक विद्यालयलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै कान्तिपुर स्कुल च्याम्पियन बनेको हो ।
कान्तिपुर स्कुलले उपाधिसँगै नगद २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्दा जनता नमुना स्कुलले नगद ११ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
निर्धारित समयमा दुबै टोली ३-३ को बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
जनता नमुना स्कुलका बिराज श्रेष्ठ उत्कृष्ट खेलाडी तथा कान्तिपुर स्कुलका सुलभ माझी उत्कृष्ट गोलरक्षक घोषित भए । कान्तिपुर स्कुलका आसिक लुइटेल सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट हुने सबैले जनही एक हजार रुपैयाँसहित शिल्ड प्राप्त गरे ।
२ दिन सम्म चलेको प्रतियोगितामा कुल १० विधालयको सहभागिता रहेको थियो ।
