केराबारी (मोरङ) । मोरङको केराबारीमा आजदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मच्छिन्द्र गोल्ड कप सुरु भएको छ । बुधबार भएको उद्घाटन खेलमा झापा-११ फुटबल क्लब झापाले विजयी सुरुआत गरेको छ ।

केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको उद्घाटन खेलमा साविक विजेता पानबारी फुटबल क्लब धरानमाथि ३-२ को पुनरागमन जित निकाल्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापा-११ को जितमा निकेश श्रेष्ठ, सन्जोक खापाङ्गी र राजेश दाहालले १-१ गोल गरे । पानबारीका लागि सिर्जनराज गौतम र विदेशी खेलाडी अब्योमी फाकुनेले १-१ गोल गरे ।

खेलको म्यान अफ दि म्याच झापा-११ का निकेश श्रेष्ठ चुनिए । उनले रु ५ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । बिहिवार डाँडाबजार एफसी धनकुटा र युनाइटेड कुर्सेङ एफसी भारतबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका, मोरङ (कोशी प्रदेश) रहेको छ भने आयोजक केराबारी फुटबल क्लब, केराबारी, मोरङ हो । फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले रु ४ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेताले रु २ लाख नगद पुरस्कारसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *