जारी टी-२० विश्वकप अन्तर्गत आज इङल्याण्ड र न्युजिल्याण्डबीच खेल हुदैछ । विश्वकपको सुपर आठ अन्तर्गत आज हुने इङल्याण्ड र न्युजिल्याण्डकाबीच खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

इङल्याण्ड जारी विश्वकपको सेमिफाइनलमा पुसिसकेकाले यो खेल न्युजिल्याण्डका लागि महत्वपूर्ण रहेको छ ।

न्युजिल्याण्डले यो खेल जितेमा सेमिफाइनलमा पुग्ने छ र समुह २ बाट पाकिस्तान बाहिरिने छ ।

तर इङल्याण्डले जितेमा भने न्युजिल्याण्ड र पाकिस्तानको सम्भावना कायम रहने छ । इङल्याण्डले यस विश्वकपमा शानदार प्रदर्शन जारी राख्दै सेमिफाइनलमा पुगिसकेको छ ।

यस समुहबाट श्रीलंका दुवै खेलमा हार बेहोरेर सेमिफाइनलको दौडबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *