जावलाखेलमाथि आर्मीको जित

२०८२, १४ फाल्गुन बिहीबार २१:३४

एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युवा क्लबमाथि महत्त्वपूर्ण जित दर्ता गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको अन्तिम खेलमा आर्मी २-० ले विजयी भएको हो ।

आर्मीको जितमा जिलेस्पीजंग कार्की नायक बने । उनले खेलको ४४औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८०औँ मिनेटमा पुनः गोल गर्दै कार्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि निर्णायक गोल गरे ।

दुवै गोलपछि जावलाखेल खेलमा फर्किन नसक्दा आर्मीले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *