गाईघाट । घरेलु टोली गाईघाट एफसीलाई हराउँदै न्यूरोड टिम (एनआरटी) एन्फा महिला च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा एनआरटी २-० ले विजयी भयो । एनआरटीको जितमा प्रतीक्षा ठकुरी र सुशीला केसीले समान एक एक गोल गरिन् । प्रतीक्षाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै १-० को अग्रता दिलाइन् ।

त्यस्तै, ७९औं मिनेट सुशीला केसीले गोल गर्दै एनआरटीको जित पक्का गरिन् । जितसँगै एनआरटीले विभागिय टोली त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ। यो खेल फागुन चार गते हुनेछ ।

यस्तै, दोस्रो दिनको पहिलो खेल शनिबार एफसी रियाले नेपाल पुलिस क्लब हुनेछ भने दोस्रो खेल चर्च ब्वाइज छहारी क्लब भिड्नेछन् । पहिलो खेल १२ तथा दोस्रो खेल ३ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *