आयोजक अर्किडको विजयी सुरुआत

२०८२, १ फाल्गुन शुक्रबार १९:०४

काठमाडौं । आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलले १० औँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।

अर्किडको ‘ए’ र ‘बी’ दुवै टोलीले जित हात पार्यो । काँडाघारीस्थित घरेलु मैदानमा अर्किड ‘ए’ ले हिलारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अर्को खेलमा अर्किड ‘बी’ ले प्रीतिमालाई १–० गोलले हरायो । कविन थापाले निर्णायक गोल गरे । प्रतियोगिताको राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे 

सो अवसरमा अर्किडका संस्थापक प्रेमकुमार भुजेल, नेसनल प्याब्सन काठमाडौंका अध्यक्ष अमृत खड्का, नेरिक एकेडेमीका प्रिन्सिपल मिलन केसी, विश्वज्ञान पाठशालाका प्रिन्सिपल मातृका कार्कीलगायतको उपस्थिति रहेको थियो ।

नकआउट प्रतियोगितामा ४६ टिम सहभागी छन् । शीर्ष चार स्थान हासिल गर्ने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन ९ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *