एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा न्यू रोड टिम (एनआरटी) र प्लानिङ ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेले ।

प्लानिङ ब्वाइजका लागि कप्तान प्रताप सिंह राईले अग्रता दिलाउने गोल गरे । तर एनआरटीका तिमोथि चिमेरेले बराबरी गोल फर्काउँदै टोलीलाई खेलमा पुनरागमन गराए ।

यस नतिजासँगै दुवै टोलीले समान एक–एक अंक जोड्दै अंक तालिकामा स्थान सुरक्षित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *