एन्फा राष्ट्रिय लिग अन्तर्गत नेपाल पुलिस क्लबले नव जनजागृति क्लबमाथि ७–० को प्रभावशाली जित दर्ता गरेको छ ।

दशरथ रंगशालामा बिहिबार सम्पन्न दिनकाे पहिलाे खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सुरुदेखि नै खेलमा पकड जमाएको थियो ।

पुलिसको जितमा सञ्जिव लामा र धिरेन्द्र बहादुर शाहले दुई गोल गर्दै टोलीलाई बलियो आधार दिए । यस्तै दशरथ गिरी र विजय युरेएनले समान एक–एक गोल थपे । नव जनजागृतिका सन्दीप कार्कीबाट आत्माघाती गाेल भएको थियो ।

यस जितसँगै पुलिसले जारी एन्फा राष्ट्रिय लिगमा सात खेलबाट सात अंक जोडेको छ । उता नव जनजागृतिले भने सातै खेलमा पराजय भोग्दै अंकविहीन अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *