काठमाडाैं । हिमालियन जाभा राष्ट्रिय बास्केटबल लिगको दोस्रो संस्करण फगुन २६ देखि चैत २८ सम्म काठमाडौंमा आयोजना हुने भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा पहिलो संस्करणका चौथो स्थानसम्म रहन सफल ४ टिम त्रिभुवन आर्मी, काठमाडौं भ्याली कलेज हन्डस, टाइम इनटर नेश्नल कलेज, गोल्डेनगेट इन्टरनेश्नल कलेज रहेका छन् भने छनोट चरण पारगरेर आएका ४ टिम प्लेबक्स, सोलो बास्केटबल, किर्तिपुर र रोयलगरि जम्मा ८ टिमको सहभागिता रह्ने छन् । 

प्रतियोगिता डब्बल राउण्डरोविन फम्र्याटको आधारमा खेलाइने आयोजक नेपाल बास्केटबल संघले जनाएको छ। यस प्रतियोगितामा हरेक टिमले २ जना सम्म विदेशी खेलाडी राख्नपाउने ब्यवस्था रहेको छ । प्रत्येक दिन ४ बजे र ७ बजे गरि दिनको दुई वटा प्रतियोगिता खेलाइने छ । 

करिब ३२ दिन सम्म चल्ने उक्त प्रतियोगितामा कुल ६० खेल हुने छ । प्रतियोगिताको विजेता टिमले ४ लाख, उपविजेता टिमले २ लाख र तेस्रो हुनेले एक लाख नगद सहित ट्रफी प्राप्तगर्ने छ। यस्तै हरेक खेलका म्यानअफ दी म्याच हुने एक जना खेलाडीले गिप्टह्म्पर पाउने ब्यवस्था रहेको छ । 

लिग विजेता टिमले माल्दिभ्समा हुने साउथ एसियन बास्केट बल प्रतियोगितामा सहभागिताको मौका पाउने छ । टिमको दर्ता शुल्क ५० हजार रहेको उक्त प्रतियोगिताको कुल बजेट ५० लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *