लिग वानमा पीएसजी पराजित

२०८२, २ फाल्गुन शनिबार १०:०५

फ्रेन्च लिग वानमा शुक्रबार पेरिस सेन्ट जर्मेन (पीएसजी) स्तब्ध भएको छ । आफ्नो मैदानमा रेनेसले पीएसजीलाई ३-१ ले पराजित गरेको हो । 

रेनेसको जितमा मुसा अल-तामारी, एस्टेबान लेपोल र ब्रेल एम्बोलोले एक-एक गोल गरे । पीएसजीका लागि उस्माने डेम्बेलेले एक गोल फर्काए । 

खेलको ३४औं मुसाको गोलमा रेनेसले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता लिएको रेनेसले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

खेलको ६९औं मिनेटमा लेपोलले टोलीको अग्रता दोब्बर पारे ।७१औं मिनेटमा पीएसजीका डेम्बेलेले गोल फर्काए पनि ८१औं मिनेटमा एम्बोलोले गोल गर्दै रेनेसको जित सुनिश्चित गरे ।

रेनेससँग पराजित भए पनि पीएसजी अंकतालिकाको शीर्ष स्थानमा छ । २२ खेल खेलेको पीएसजी ५१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल कम खेलेको लेन्स ४९ अंकसहित दोस्रो स्थानमा छ । पीएसजीमाथि जित निकालेको रेनेस भने २२ खेलबाट ३४ अंकका साथ तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *