विभागिय टोली एपीएफ क्लबले आरएस पोखरामाथि १९–० को फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यो फराकिलो जितसागै एपीएफले एन्फा महिला च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको एपीएफले एकपक्षीय प्रदर्शन गर्दै फराकिलो अन्तरको जित निकालेको हो ।
एपीएफकी रश्मी कुमारी घिसिङले एक्लैले ११ गोल गर्दै सनसनीपूर्ण प्रदर्शन गरिन् । उत्कृष्ट प्रदर्शन गर्दै उनि ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
यस्तै अनिता केसीले ह्याट्रिक पूरा गर्दा निशा थोकर, गिता राना, सरु लिम्बू, हिमा रावत र मनमाया दमाईले पनि गोल गर्दै टोलीको जितलाई थप मजबुत बनाएका थिए ।
पहिलो हाफमै एपीएफले ७–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप १२ गोल गर्दै एपीएफले आरएस पोखरालाई पूर्ण रूपमा दबाबमा राख्यो ।
अब एपीएफले चर्च ब्वाइज र संकटाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
