काठमाडौं । नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ ।

तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

बेलायतमा बसोबास गर्दै आएका तमु धि युकेका प्रतिनिधिहरूले नेपाली खेलकुदको विकास तथा विभिन्न परोपकारी कार्यमा निरन्तर योगदान पुर्याउदै आएका छन् ।

सोही योगदानको कदर गर्दै महासंघले सम्मान अर्पण गरेको जनाएको छ । कार्यक्रममा नेपालका लागि ऐतिहासिक पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, वरिष्ठ कराते प्रशिक्षक महेशकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, सितोरियो कराते डो संघका सचिव प्रेमलाल बम्जन, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा कराते प्रशिक्षकहरू राम थारु, गोविन्द राना, ईश्वर खापाङ्गी, तारा गुरुङलगायतको उपस्थिति रहेको थियो ।

तमु धि युकेले नेपाल कराते महासंघ प्रति हार्दिक आभार व्यक्त गर्दै नेपालका लागि ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई “गुडविल एम्बास्डर” को छिट्टै घोषणा गर्ने समेत संस्थाका महासचिव डा विशाल गुरुङले उद्घोष गरेका छन् ।

यस सम्मानले प्रवासमा रहेर पनि नेपाली खेलकुद र समाजसेवामा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *