कोपा डेल रेअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

आफ्नै घरेलु मैदानमा बिहिवार राति भएको खेलमा एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई ४–० गोलअन्तरले पराजित गरेको हो । 

एट्लेटिकोले सबै गोल पहिलो हाफमा गरेको हो । बार्सिलोनाले खेलको सुरुवातमा गरेको आत्मघाती गोलले उसलाई मैदानमा कमजोर बनाएको थियो । पहिलो गोल बार्सिलोनाका एरिक गार्सियाले गोलरक्षकलाई पास दिँदा भएको थियो ।

खेलको १४औं मिनेटमा एन्टोनी ग्रिजम्यानले एट्लेटिकोको अग्रता दोब्बर पारे । ३३औं मिनेटमा अडेमालो लुकम्यानले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलाए ।

पहिलो हाफको अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै एट्लेटिकोका लागि चौथो तथा अन्तिम गोल गरे । बार्सिलोनाका लागि दोस्रो हाफमा पाउ कुबार्सीले गरेको गोल अफसाइड ठहरिएको थियो ।

खेलको अन्त्यतिर एरिक गार्सियाले एलेक्स बेनालाई फउल गरेपछि रातो कार्ड पाउदै मैदानबाट बाहिरिए ।सेमिफाइनलको दोस्रो लेगको खेल मार्च ३ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *