काठमाडौं । नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ ।

मण्डिखाटारस्थित काष्ठमण्डप ए लेभल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा काष्ठमण्डपको भेट मिल्सबेरीसंग हुनेछ भने इस्लिङटनले नामीको सामना गर्ने छ ।

समूह चरणको प्रतिस्पर्धामा काष्ठमण्डपले इस्लिङटनलाई १०–८, इस्लिङटनले मिल्सबेरीलाई ६–५, मिल्सबेरीले काष्ठमण्डपलाई १२–३ र सेन्ट जेभियर्सलाई ८–७ तथा सेन्ट जेभियर्सले काष्ठमण्डपलाई १४–१२ ले पराजित गरे । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *