नेपाल पुलिस क्लब काभा वुमन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
आइतबार माल्दिभ्सकाे मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा सम्पन्न खेलमा पुलिसले घरेलु टाेली हुर्रा सोसाइटी क्लबँलाई ३–० काे साेझाे सेटमा पराजित गरेकाे हाे ।
खेलमा पुलिस २५–१९, २६–२४ तथा २५–१६ ले विजयी भयाे । जितसँगै पुलिसले सेमिफाइनलमा अब समूह ए काे विजेता कजाकिस्तानको तुरान भलिबल क्लब खेल्नेछ । याे खेल साेमबार हुनेछ ।
