काभा वुमन्स लिग अन्तर्गत एकमा जीत र एकमा हार ब्योहोरेको नेपाल पुलिस क्लबले आज तेस्रो खेल आयोजक माल्दिभ्सको हुर्रा सोसाइटी क्लबसँग खेल्ने छ ।
माल्दिभ्सको मालेस्थित शोसल सेन्टसको इन्डोर हलमा जारी प्रतियोगिताको तेस्रो खेलमा बेलुका ९:१५ बजे पुलिसले माल्दिभ्सको हुर्रा सोसाइटी क्लबँसग प्रतिस्पर्धा गर्ने छ ।
पहिलो खेलमा पुलिसले उज्वेकिस्तानका हुमो भलिबल क्लबलाई हराएर प्रतियोगिताको सुरुवात गरेको थियो । दोस्रो खेलमा इरानको फूलाद क्लबसँग सोझोसेटमा पराजित ब्योहोर्न पुग्यो ।
आज हुने तेस्रो खेलमा पुलिसले माल्दिभ्सको हुर्रा क्लब प्रतिस्पर्धा गर्नेछ । आज पुलिसले जित निकाल्न सके समुह बी को उपविजेता बनेर सेमिफाइनलमा पुग्ने छ ।
पराजित भए सिधैं प्रतियोगिता बाट बाहिरिने छ । समुह बी को विजेता बनेर इरानको फुलाद क्लब नेपाल पुलिसलाई हराएर यस अघिनै सेमीफाइनलमा स्थान बनाइसकेको छ ।
उता समूह ए बाट कजाकिस्तानको तुरान भलिबल क्लब समुह विजेता र श्रीलंका उपविजेता बनेर सेमीफाइनलमा स्थान बनाइसकेको छ । आज हुने नेपाल पुलिस र हुर्राबीचको खेल लिगचरणकै अन्तिम खेल हो ।
